दमक/दमकमा चर्चित बनेको राजेश मल्लिकको हत्यामा संलग्न रहेका भनिएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय दमकले करिब साढे ४ महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न भनेर शुरुवातदेखि नै आँशका गरिएका काका भोला भनिने नरेश मल्लिक नै हत्यारा भएको प्रहरीले बताएको छ । पक्राउ परेका काका मल्लिकले स्वीकार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।
आफ्नै श्रीमति मृतकको काकी संग घरमा जिस्कने, चल्ने गरेको देख्दा अबैध सम्बन्ध भएको आँशका लागेर हत्या गरेको प्रारम्भिक बयान दिएको पनि गिरीले दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
यसैबीच आफ्ना विद्यालयका बिद्यार्थी राजेश मल्लिकको हत्यारालाइ ढिलै भएपनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको भन्दै उक्त बिद्यालयले प्रहरीलाइ धन्यवाद दिएको छ ।
ब्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार धन्वादसंगै कडा कार्वाहीका लागि माग समेत गरिएको छ । हत्यारालाइ हदैसम्मको कार्वाहीका लागि माग गरिएको उनले जानकारी दिए ।
https://youtu.be/Tqe5uGo-ip8कसरी पक्राउ परे ? हेर्नुहोस











