प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षभित्र राष्टिय झण्डासहितको पानीजहाज चलाएर देखाईदिने उद्धघोष गर्नुभएको छ ।

ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ । २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको आज भृकुटी मण्डपमा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन् ।”

प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,”भन्नुभयो ।

नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताउनुभयो ।

प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रहसमेत गर्नुभयो । उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उहाँले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।

https://youtu.be/zTZuaXQJ91E

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाषण होइन, काम गरेर देखाउनेछौँ ।”

प्राथमिकताका आधारमा लघु, घरेलु उद्योगलाई स्थापित एवं संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री यादवले निजी क्षेत्र र सरकार मिलेर मुलुकको विकासमा जुट्ने बताउनुभयो ।

उद्योग सचिव यामकुमारी खतिवडाले स्थानीय श्रममा आधारित तुलनात्मक लाभ भएका लघु, घरेलु तथा साना उद्योगको विकास, प्रवद्र्धन एवं संरक्षणको आवश्यकता भएको उल्लेख गर्दै देशको सुगम तथा दुर्गम क्षेत्रमा छरिएर रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरेर अगाडि बढिने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग महासंघका नेतृत्वले राज्यले घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रयोग गरेर यस क्षेत्रको प्रवद्र्धन गर्न सरकारसंग अनुरोध गर्नुभयो ।

घरेलु तथा उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले विसं २०४२ देखि निरन्तररुपमा चल्दै आएको यस कार्यक्रमलाई आगामी दिनमा पनि अगाडि बढाउँदै लैजाने बताउनुभयो ।

पाँच दिनसम्म भृकुटी मण्डपस्थित प्रदर्शनी कक्षमा हुने सो प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले ३०० कक्षबाट आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी शुरु गरेका हुन् । यस अवधिभर करीव पाँच लाख दर्शकले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

https://youtu.be/zTZuaXQJ91E

तस्विर : मुकुन्द कालिकोटे/ रिपोटर्स नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah