दमक/झापाको दमकस्थित स्वर्णलक्ष्मि सहकारी संस्थाले आफ्नो ९ औ स्थापना दिवसको अवसरमा बृहत स्वास्थ्य शिविर सहित खुला रक्तदान कार्यक्रम गरेको छ । शनिबार दमक चोकमा स्वास्थ्य शिबिर सहित खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ल्याव र औषधि निशुल्क सहित स्वास्थ्य शिबिर गरिएको सहकारीका अध्यक्ष रबि न्यौपानेले बताएकाछन् । उनका अनुसार सहकारी सदस्य तथा सदस्यका परिवारहरुले स्वास्थ्य सुविधा लिएकाछन् । निशुल्क रक्त तथा पिसाव परिक्षणको ब्यवस्था समेत गरिएकाले उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
सोहि अवसरमा खुला रक्तदान समेत भएको सहकारीका ब्यवस्थापक कमल घिमिरेले बताएकाछन् । रक्तदानमा सहयोग पुर्याउने दमक रेडक्रसलाइ रक्तदान गर्दा आवश्यक पर्ने दूथान बेड समेत सहकारीले निशुल्क उपलब्ध गराएको उनले जनाए । रेडक्रस सभापति प्रकश बुढाथोकीलाइ प्रशंशापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।











