दमक/झापा कन्काइ माइ ट्रयाक्टर संघ दमकको सातौ बार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीको प्रमुख आतिथ्यमा भएको साधरणसभामा ५ बर्षसम्म दूर्घटना नगराउने ट्याक्टर सञ्चालकहरु नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

संघका सचिब नबिन बरालका अनुसार दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसंग सहकार्य गरेर ट्याक्टरको डालामा रिफ्लेक्टर लगाउने काम गर्ने साधरणसभाबाट पारित भएको छ । कोष बृद्धि लगायतका विषयमा छलफल भएको समेत उनले जानकारी दिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले दूर्घटना न्यूनिकरणका लागि दक्ष चालक राख्न र सवारी चालक अनुमति बिहिन चालकहरुलाइ ट्याक्टर कुदाउन नदिन आग्रह गरे ।

उनले दूर्घटना हुँदा चालकसंग सवारी चालक अनुमति पत्र नपाएको भन्दै यस्तो कार्य रोक्नु पर्ने जनाए । उनले दूर्घटना न्यूनिकरणमा सहयोग गर्न आग्रह समेत गरे ।

संघका अध्यक्ष चन्द्रकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा ५ बर्ष दूर्घटना नगराउने ट्याक्टर सञ्चालक महेन्द्र न्यौपाने, झपडमान याक्खा, पदम थापा, मनेन्द्रकुमार शाहले नगद १० हजार सहित पुरस्कृत गरिएको थियो ।