दमक/माओबादी केन्द्रले झपा क्षेत्र नं. १ का साँसद एवं पूर्व मन्त्री राम कार्कीलाइ प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारी दिएको छ । यसभन्दा अगाडि गोपाल किराती इन्चार्ज रहेका थिए । पार्टी हित बिपरीत कार्य गरेको आरोपमा राइ कार्वाहीमा परेपछि कार्कीलाइ इन्चार्ज बनाइएको जनाईएको छ ।

प्रदेश २ को इन्चार्जमा विश्वनाथ साहलाई तोकेको छ। यसअघि प्रदेश २ को इन्चार्ज मातृका यादव थिए। उनी मन्त्री भएपछि साह प्रदेश २ को जिम्मा दिइएको प्रवक्ता भुसालले जानकारी दिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, प्रदेश ४ को इन्चार्जमा हितराज पाण्डेलाई तोकिएको छ। यसअघि प्रदेश ४ को इन्चार्ज देव गुरुङ थिए। उनी पार्टी संसदीय दलको प्रमुख सचेतक भएपछि पाण्डेलाई इन्चार्जको जिम्मेवारी तोकिएको हो।

यस्तै, प्रदेश ५ को इन्चार्जमा मणि थापा तोकिएका छन्। यसअघि यस प्रदेशको इन्चार्ज वर्षमान पुन थिए। उनी मन्त्री भएपछि थापालाई जिम्मेवारी तोकिएको हो।

कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मालाई तोकिएको छ। यसअघि यस प्रदेशको इन्चार्ज शक्तिबहादुर बस्नेत थिए। उनी मन्त्री भएपछि शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता भुसालले जानकारी दिइन्।