धादिङको खानीखोला नजिकै बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

ना ५ ख ९०४० नम्बरको बसले ठक्कर दिँदा एकजना पैदल यात्रुको आइतबार बिहान मृत्यु भएको प्रत्यक्षदर्शी गणेश बेल्वासेले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि ट्राफिक जाम भएको छ । काठमाडौंतर्फ आउने र काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन र हज्जारौँ यात्रुबीच सडकमा अलपत्र परेका छन् ।

-दैनिक नेपाल बाट