धरान । आइतबार बिहानै धरानको भानुचोक नजिकै राखिएको बिष्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ । सुतली बम बनाउन प्रयोग हुने सामाग्रीको प्रयोग गरी थोरै विष्फोटक पदार्थ समेतको प्रयोगमा बनाइएको विष्फोटक पदार्थ डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

विष्फोटक पदार्थ प्रयोग गरी बम डिस्पोज गर्दा कुनै क्षति नभएको जानकारी प्रहरीले दिएको छ ।