उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धमा भन्दा ठूलो ‘घेराबन्दी’ हुन सक्ने बताएका छन् ।

रोल्पा–काठमाण्डु सम्पर्क मञ्चले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले घेराबन्दी भए विगतमा जस्तै रोल्पाले प्रचण्डलाई निशर्त काँधमा हाल्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पार्टी नेतृत्वविरुद्ध जनयुद्धमा भन्दा ठूलो घेराबन्दी र षड्यन्त्र हुन सक्छ, पार्टी भित्र वा बाहिरबाट, देशभित्र वा बाहिरबाट देशी तथा विदेशी शक्तिहरु पार्टी अध्यक्षविरुद्ध लाग्न सक्छन् तर फेरि पनि रोल्पाले नेतृत्वको संरक्षणका लागि निशर्तः काँध थाप्छ’, उनले भने ।

पुनले विगतमा जस्तै रोल्पा नयाँ क्रान्तिका लागि बलिदान गर्न तयार रहेको बताए । उनले एमाले अध्यक्ष ओली र प्रचण्डले गरेको एकता प्रयासलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।