काठमाडौं, ११ चैत– दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरूले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।

निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसारले कर्मचारीलाई नियमित रूपमा हाजिर गराएर काममा लगाएको बताए । मन्त्रीको निर्देशनविपरीत किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कसलाई के लाग्छ र कहाँ गएर के भन्छन्, त्यसका आधारमा कर्मचारीको हाजिर रोक्ने कुरा हुँदैन,’ देसारले भने, कुनै आधिकारिक पत्र नआएकाले कर्मचारीले शुक्रबार पनि नियमित हाजिर गरे ।’

उनले दरबन्दीभन्दा बढी कर्मचारी भएको समाचार सार्वजनिक भएपछि खप्नै नसक्ने दबाब आएको बताए । ‘मैले त दबाब खेप्नै सकिनँ, मेरो पहिला नै स्थानीय तहमा सरुवा भएको थियो, रमाना लिएर त्यतैतिर गएँ,’ उनले भने, ‘सोमबार संघीय मामिला मन्त्रालयमा हाजिर हुन्छु ।’ नयाँ पत्रिकामा खबर छ