दमक/पूर्वकै ब्राण्डको रुपमा राजधानीमा समेत स्थापित बनेको संगम स्वीट्सले मोरंगको उर्लाबारीमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । पूर्वमा नै संगम स्वीट्सले आफ्नो ब्राण्ड स्थापित गरेपछि केहि बर्षयता राजधानीमा पनि पहिचान कायम गरिसकेको छ ।

रामनवमीको अवसर पारेर आइतवारदेखि आफ्नो छैठौ शाखाको रुपमा उर्लाबारी बजारमा नै सेवा शुरु गरेको हो । यसको उद्घाटन उर्लाबारीका सरकार प्रमुख खड्ग फागोले गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले संगम स्वीट्सको खुलेर प्रशंशा पनि गरे । उनले आफू काठमण्डौमा जाँदा समेत संगम स्वीटस नै पुग्ने गरेको र दमकमा कयौ पटक गएको भन्दै आफ्नै नगरमा आएकेमा खुसि प्रकट गरे ।

संगम स्वीट्सका कार्यकारी प्रमुख संगम शर्माले गुणस्तरमा कुनै पनि कमी हुन नदिने र आफ्नो ब्राण्डलाइ उपभोक्तामाझ स्वस्थ रुपमा प्रस्तुत गर्ने बताए । उनले संगम स्वीट्स यहाँसम्म आइपुग्न धेरै मिहिनेत गरेको बताए ।

दूइचार पैसा कमाउने लोभ आफूलाइ नरहेको भन्दै उपभोक्ताको सन्तुष्टि नै आफूहरुको ध्यय रहेको उनको भनाइ थियो । छिटो नाफा कमाउने र यसैबाट करोडपति बन्ने सपना नदेखेको भन्दै केहि कमजोरी भए सुझाव दिन आग्रह गरे ।

संगम स्वीटस दमकका सञ्चालक बिमल शर्माले आइतवारदेखि पूर्ण रुपमा शाखा शुचारु भएको जानकारी दिए । दमकमा जस्तै सेवा पाउने उनले जनाए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसिज अध्यक्ष चन्द्र खत्री, लगायतको उपस्थिति रहेको थियो ।

संगम स्वीट्सको इतिहास थाहा पाउन भिडियो हेर्नुहोस

https://youtu.be/rwPfqvEM9cM