दमक/झापाका दमकका उदाउदा सामाजिक तथा ब्यवसायिक युवा मुकेश र विकास अग्रवालले नयाँ ब्यवसाय शुरु गरेकाछन् । दमकको पशुपति हार्डवेयरका सञ्चालक रहेका उनिहरुले मार्वल्सको नयाँ ब्यवसाय शुरु गरेकाहुन् ।
दमकको क्याम्पसमोडमा पशुपति मार्वल्स रामनवमीको अवसर पारेर उद्घाटन गरिएको छ । यहाँ मार्वल्स लगायतका सेनेटरीका आइटमहरु पाइने सञ्चालक मुकेश अग्रवालले जानकारी दिए । यो अग्रवाल परिवार दमकको पुरानो ब्यवसायी मानिन्छ ।











