काठमाडाैं । पूर्वराजा पूर्व राजा ज्ञानेन्द्र साहले विराटनगरको कालिमन्दिर र रामजानकी मन्दिको दर्शन गरेका छन । नेपाल विद्योत् परिषद केन्द्रीय समितिको आयोजनामा पूर्व राजा ज्ञानेन्द्रले विराटनगरको कालिमन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाईएको हो । कालिमन्दिरको दर्शनपछी पदैल यात्रा गर्दै स्थानीय राम जानकी मन्दिरको समेत दर्शन गर्न भ्याए ।
त्यसपछि पूर्व राजा ज्ञानेन्द्र विराटनगरको ह्यारीसन प्यालेसमा राजावादीहरुसंग गोप्य भेटघाट गरेका छन । राष्ट्रिय जनतापार्टीका वरिष्ठ नेता बद्री मण्डल, कमलथापा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य प्रल्हाद साह, अर्का केन्द्रीय सदस्य दिनेश साह, विश्व मोहन थापा, डा प्रकाशचन्द्र लोहनीको पार्टी राप्रपा एकिकृतका मोरङ अध्यक्ष उद्दव दाहाल , लगायतका अन्य पार्टीका कार्यकर्ता संग समेत गोप्य भेटघाट भएको बुझीएको छ । आजै साँझ विराटनगरको लक्ष्मी नारायण मन्दिरमा समेत दशर्न गर्ने छन ।
नेपाल जर्नल बाट साभार










