दमक पब्लिक लाईब्रेरि युथ टिमको आयोजनामा एक दिने अध्ययन–अवलोकन तथा सामाजिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
इलामको शिखर कटटेरीमा आयोजित कार्यक्रममा ९१ जना भन्दा बढी युवाहरुको सहभागी रहेको थियो ।
सामाजिक सद्भाव , सदस्यहरुबीच चिनजान , मनोरञ्जन र आपसी सह–अस्तित्वको निमार्ण साथै आन्तरिक पर्यटन प्रबर्धन गर्ने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको संयोजक दिक्षा दुलालले जानकारी दिनुभयो ।
बाँझो माध्यमिक विद्यालयको प्राङगणमा गरिएको उतm कार्यक्रममा स्थानीय बासिन्दाहरुको समेत सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा व्यतित्व तथा नेतृत्व विकासकासँगै सहभागी युवाहरुले कविता , गित , गजल , मुतmक , रुवाईका साथै नृत्य, बिभिन्न खेल प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
बाँझो माध्यमिक विद्यालयमा पुस्ताकालय स्थापना गर्न सहभागीहरुले एक– एक पुस्तक उपलब्ध गराउने प्रतिबद्धाता जनाएको युथ टिम अध्यक्ष दधिराम ढकालले जानकारी दिनुभयो ।










