सहबान अन्सारी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपाल विध्यार्थी संघको नयाँ कार्य समिति गठन गरिएको छ ।

संघीय संरचना अनुसार नवलपरासी दुई जिल्लामा बिभाजन पश्चात नवलपरासी पश्चिमको नेतृत्व खाली हुन पुगेको अवस्थालाई मद्देनजर गर्दै ने.वि.सं.का केन्द्रिय अध्यक्ष मौन सिहं मगरले फाल्गुन १० गते संघका केन्द्रिय उपाध्यक्ष पवन यादवलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाई ने.वि.सं.का साथीहरुको भेला, नेपाली काग्रेस पार्टी र ने.वि.सं.संग समन्वय गरी गठन गर्न जिम्मेवारी दिईएको अनुसार चैत ८ गतेको पत्र अनुसार तपाई राजन भण्डारी लाई तदर्थ समिति.अध्यक्षको जिम्मेवारी दिदै समिति गठन गरि नयाँ नेतृत्वका लागी ईकाईहरु,क्षेत्र,गाउपालिका,नगरपालिका, अधिवेशन गरि जिल्ला अधिवेशन सम्पन्न गराउने प्रमुख उदेश्यका साथ २२ सदस्यीय कार्य समिति गठन गरिएको हो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्य समिति यस प्रकार रहेको छ । अध्यक्ष राजन भण्डारी,उपाध्यक्ष जयराम बस्याल,उपाध्यक्ष अनोज यादव,उपाध्यक्ष हेम क्षेत्री, सचिव कमला राना, सचिव दिपेन्द्र यादव सह-सचिव प्रकाश न्योपाने, कोषाध्यक्ष संदेश बस्याल, सदस्यहरु केदार चौधरी, जिवन न्योपाने, मनोज कण्डेल, मनिष अधिकारी, सिद्दान्त श्रेष्ठ ,श्रृजना श्रेष्ठ, निशा केसी,उमेश यादव,सरिता न्योपाने,बेचई यादव,सागर बि.क.,जितेन्द्र गुप्ता,खुमराज भण्डारी, फरेन्द्र चौधरी रहनु भएको छ ।

ने.वि.सं.ले यहि चैत मसान्त सम्ममा क्षेत्रिय ईकाई र क्याम्पस अधिबेशन सम्पन्न गर्न संघका उपाध्यक्ष अनोज यादवले बताए ।