भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारले नेपाल भार सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।

उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझोदरी, व्यापार र पारवहनमा सहजीकरण, उर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनमा लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए । पारवहनमा कष्ट अफ ईकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवसथ हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ, उनले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ।