दमक/दमक बहुमुखी क्याम्पस विज्ञान संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको साहित्यिक संगालो विमोचन भएको छ । कोशिश साहित्यिक डायरी नाम दिइएको उक्त पुस्तकमा विद्यार्थीहरूका रचना, प्राध्यापकहरूको लेख तथा अन्य सर्जकहरुका विभिन्न रचना समावेश गरिएको छ ।

क्याम्पसमा प्रा. डा.टंक न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डायरी विमोचन गरिएको हो । सुडल राई, यतिष ओझा, पवन गौतम, अनिश ओझा, कुशल काफ्ले लगायत रहेको सम्पादक मण्डलले कोशिश तयार पारेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराई, स्ववियु सभापति विनोद चापागाईं, साहित्यकारहरू मेचिपुत्र, नरपती पाण्डे, विष्णु न्यौपाने, सुन्दर कुरुप लगायतले बोलेका थिए । कार्यक्रममा अन्य साहित्यकारहरूले पनि रचना बाचन गरेका थिए ।