काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
कर्मचारी समायोजना, अन्तरिम मन्त्रालय कर्मचारी सरुवा र अन्य विभिन्न विषयमा बैठकमा छलफल हुनेछ। साथै बैठकमा कर्मचारीको स्वेच्छिक अवकाशको बारेमा पनि छफफल हुनेछ।
सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन,राष्ट्रियसभा निर्वाचन र राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशको विषय समेत मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा छ। संसद् बैठक सुरु भएको ६० दिनभित्र अनुमोदन गराउनुपर्ने उक्त अध्यादेशहरु तयारीका लागि सरकारले निर्णय गर्नुपर्नेछ। संसद बैठक सुरु हुन लागेकाले उसका लागि बिजनेस (काम) दिनुपर्ने भएकाले सरकारले संविधान कार्यान्वयन र अन्य विषयमा विधेयक निर्माण गर्नुपर्ने छ। त्यसैको तयारीका विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने एक मन्त्रीले बताए।
-नेपाल लाइभ बाट









