काठमाडौं– एक युवतीलाई यौनधन्दामा लगाएको आरोपमा नयाँबसपार्क क्षेत्रबाट २ जना पक्राउ परेका छन्। सिराहाका २४ वर्षीय श्यामप्रसाद यादव र सुर्खेतकी २१ वर्षीया जमिउल खातुनलाई गत साता प्रहरीले पक्राउ गरेको हो।

मित्रनगरको एक गेष्टहाउसमा उनीहरुले यौनधन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवले ग्राहक खोज्ने र खातुनले युवती मिलाउने काम गर्दै आएका थिए। दुवै जना बसर्पाकमा ब्रोकरका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार उनीहरुले एक व्यक्तिसँग १० हजार रुपैयाँ लिएर युवतीलाई बेश्यावृत्तिमा लगाएका थिए। आधा पैसा आफूहरुले राख्ने र युवतीलाई आधा मात्र दिने गरेका थिए।

पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनीहरुविरुद्ध मानव बेचबिखन मुद्दा अघि बढाएको छ।

-नेपाल लाइभ बाट