सुरुङ्गा- कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ।

आइतबार राति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको छ। संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागीबाट सभाकक्षका झ्याल, ढोका र फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए। आगलागीको कारण भने खुल्न सकेको छैन।

-नेपाल लाइभ बाट