१२ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल नियुक्त भएका छन् । त्यस्तै जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुई सल्लाहकार नियुक्त गरेको हो ।

अर्याल पत्रकारिताका उपप्राध्यापक हुन भने मैनाली एमाले नेता हुन् ।  मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले यसको जानकारी दिएका हुन् ।