काठमाडौं- संसद् बैठकमा सत्तापक्षीय नेकपा एमालेका सांसद विरोध खतिवडाले नियमापत्ति जनाएका छन्।

सरकारले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा संसदलाई जानकारी नगराएको भन्दै सांसद खतिवडाले सोमबारको बैठकमा नियमापत्ति जनाएका हुन्। संसदमा खासगरी विपक्षी दलका सांसदले नियमापत्ति गर्ने चलन भए पनि प्रतिनिधिसभा वैठकमा सत्ता पक्षकै सांसदले सरकारकाे धारणा माग गर्दै अापत्ति जनाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तानी प्रधानमन्त्रीसँग भएको भेटको उद्देश्य र छलफलका विषयमा सरकारले संसदलाई जानकारी नगराएको भन्दै उनले त्यसबारे संसदले जानकारी पाउनुपर्ने बताए। पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको विषय यसअघिका संसद् बैठकको कार्यसूचीमा पेश नभएको भन्दै उनले सो विषय तत्काल संसदलाई जानकारी गराउन माग गरे।

त्यस्तै, सांसद खतिवडाले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका विषयमा पनि संसदलाई जानकारी गराउन माग गरे।

'प्रधानमन्त्री भारत जाने विषयमा संसदले जानकारी पाउनुपर्छ कि पर्दैन? संसदबाट जनतामाझ पुग्नुपर्छ कि पर्दैन?' उनले प्रश्न गरे।

Nepallive बाट