काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले भारतले भ्रमणका लागि प्रस्ताव गरेको मितिमै पर्ने गरी निम्तो दिएको छ ।
भारतले प्रधानमन्त्री ओलीलाई आउँदो अप्रिल ६ देखि ८ अर्थात यहि चैत २३ देखि २५ गतेसम्म ।
चीनले पनि भारतले प्रस्ताव गरेको मितिमै पर्ने गरी ओलीलाई निम्तो पठाएको छ । चीनले बोआओ एसिया सम्मेलनका लागि निम्तो पठाएको छ । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुँदैछ ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा गएमा त्यहिँ रहेकै दिन अप्रिल ८ देखि चीनको निम्तो छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने लगभग पक्का छ । तर चीनको निम्तो बारे ओलीले निर्णय गरिसकेका छैनन् ।










