दमक/साहित्यकार तथा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले आफ्नो जन्मदिनको अवसरमा बिभिन्न साहित्यिक पुस्तकहरु दमक पब्लिक लाइब्रेरीलाइ प्रदान गरेकाछन् ।

आफूले पढेका नयाँ तथा पुराना पुस्तकहरु उनले दमक पब्लिक लाइब्रेरीमा दिएर जन्मदिन मनाएकाहुन् । फजुल खर्चको साटो रचानत्मक काम गर्ने सोचले यो गरिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेषराज न्यौपानेको सक्रियतामा दमकमा खोलिएको दमक पब्लिक लाइब्रेरी पूर्वको नै गहनाको रुपमा रहदै आएको छ । लाइब्रेरीका संस्थापक अध्यक्ष समेत रहेका न्यौपानेलाइ उनले पुस्तकहरु प्रदान गरेका थिए ।