राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । उहाले चैत्र १५ गते अपरान्ह ४ बजे संघीय संसदलाई सम्वोधन गर्ने हुनु भएको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको सयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरेको बैठकपछि सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सम्बोधनका लागी आवश्यक तयारी गर्न संसद सचिवालयलाई समेत सरकारले पत्रचार गरिसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले संघिय संसदलाई सम्बोधन गर्नुपर्ने प्रावधान रहेको छ । संविधानको धारा ९५ (१) अनुसार ‘राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’ उल्लेख छ । यसैगरी सोही धाराको (२) अनुसार ’राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रतये वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्नेछ ।’भन्ने स्पष्ट व्यवस्था भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नु भएको बताइएको छ ।

जनता टाइम्स बाट साभार