फलेवास– पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ।

भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा साँझ ७ः३० बजे आगो लागेको हो। आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ। एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पौडेलको घरमा उनकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आएकी थिइन्। आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन्। आगलागीमा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताए।

आगो अबेर राति प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको थियो। आगालागीको कारण भने खुल्न सकेको छैन। रासस