नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका विषयमा आज छलफल गर्दैछन् । छिट्टै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलले आज पार्टी एकताको खाका तयार गर्नेछन् । एकीकृत पार्टीको अन्तरिम विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई नेतृत्वतहले अन्तिम रुप दिनेछ ।
काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन बसेर विधान मस्यौदामा सहमति गरेको नेताहरुले बताएका छन् । केन्द्रदेखि जिल्लासम्म दशतहको कमिटी बनाउनेगरि सहमति भएको छ । एमाले नेता सुवास नेम्वाङले आज दुईपार्टीका कार्यदल सहित उच्च तहको छलफल हुने जानकारी दिए ।
उनका अनुसार आजको छलफलमा एकताको प्रक्रियादेखि मितिका विषयमा पनि छलफल गर्ने बताए । प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता गर्न इच्छुक देखिएको छ ।










