प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विदेश नीति र प्राथमिकतावारे अहिले १२ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायलाई बताउने कार्यक्रम छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिवाभोजसहितको ‘ब्रिफिङ’ राखिएको हो । नयाँ सरकार गठन भएपछि सरकारको विदेश नीति, राष्ट्रिय र अन्तराष्ट्रिय प्राथमिकतावारे कूटनीतिक समुदायलाई बताउने चलन छ ।
ईयूको निर्वाचन प्रतिवेदन विवादित भएका बेला र राजदुतहरुले भियना कन्भेन्सन विपरितका भेटवार्ता गरिरहेका बेला प्रधानमन्त्रीले उनीहरुलाई सम्वोधन गर्न लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई बोलाउनु भएको हो । प्रधानमन्त्रीले बिकास र समृद्धिको लक्ष्यका साथ सरकार बनेकाले त्यसमा सहयोग गर्न आव्हान गर्ने बताइएको छ ।
चक्रपथ बाट









