प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख बालुवाटार पुगेका छन्।

बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन्। उनले बितेकाे दशकमा नेपाल एेतिहासिक रूपमा रूपान्तरण भएकाे बताए। 'रूपान्तरण राजनीतिक रूपमा मात्र भएकाे छैन। त्यसले राष्ट्रिय जीवनका सबै पक्षहरूमा अनुभूत गरिएकाे छ', उनले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अाेलीले नेपालमा भारत वा चीनविराेधी कुनै पनि क्रियाकलपा हुन नदिन सरकार प्रतिबद्ध भएकाे बताए। छिमेकीहरूका जायज स्वार्थलाइ सम्मान गर्ने बताउँदै उनले भने, 'दुवै छिमेकीका विरुद्ध हुने कुनै पनि खाले गतिविधि नेपाली भूमिमा हुन दिँदैनौं। हामी हाम्रा छिमेकीसँगको सम्बन्ध आपसी सहयोगका सबै क्षेत्रमा सुदृढ बनाउन परिलक्षित छौं।'

नेपालको लक्ष्य ‘सबैसँग दोस्ती र काेहीसँग शत्रुता नगर्ने’ रहेको प्रधानमन्त्री ओलीले सुनाए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत मन्तव्य दिँदै विश्वसँग नेपालको सुमधुर सम्बन्ध रहेको र दुई निकट छिमेकीसँग ऐतिहासिक सम्बन्ध रहेको बताएका थिए।

‘हामी छिमेकी मुलक, विकास साझेदार तथा अन्य मित्र राष्ट्रहरुसँग दुई पक्षीय विश्वास तथा सहयोग विस्तारको पक्षमा छौं’, ज्ञवालीले राजदूतहरुलाई सम्बोधन गर्दै भने। सरकारको विदेश नीति र प्राथमिकताको विषयमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले काठमाडौंमा रहेका विभिन्न मुलुकका राजदूत र राष्ट्रसंघका आवासीय प्रमुखलाइ ब्रिफिंग गरेका हुन्। -नेपाल खबर बाट