कञ्चनपुरको नेपाल भारत सीमावर्ती क्षेत्रमा भारतीयले नेपालीमाथि ज्यादती कायमै राखेका छन्। गर्भवती महिलासहित दुई जनालाई कुटपिट गरेको एक साता नबित्दै आइतबार अपराह्न महाकाली नगरपालिका– ७ कञ्चनभोज निवासी २६ वर्षीय उत्तम सुनारलाई सीमावर्ती बजार मेलाघाटमा भारतीयहरूको एक समूहले निर्घात कुटपिट गरेको छ।

खटिमाको बैंकबाट पैसा झिकेर फर्किने क्रममा उनलाई कञ्चनभोजको सीमावर्ती भारतीय बजार मेलाघाटमा भारतीयहरुले लखेटीलखेटी कुटेको उत्तम सुनारले बताए। कुटपिटका कारणउनको दायाँ हात,खुट्टा र टाउकोमा समेत गम्भीर चोट लागेको छ। उत्तम सुनार र भाइ जनक सुनार खटिमाबाट पैसा झिकेर फर्किँदै गर्दा मेलाघाट बजारमा अचानक पछाडिबाट आएको एक समूहले लठ्ठी र मुड्की प्रहार गरेर उत्तम र जनकलाई कुटपिट गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटपछि उत्तम बेहोश भएका थिए। होशमा आएपछि उत्तम सुनार र उनका भाइ जनकले भागेर ज्यान जोगाएका थिए। भारतीयहरुले उत्तम सुनारसँग रहेको मोवाईल र १४ हजार ८ सय रुपैयाँ लुटेर लगेको पीडित उत्तमले बताए।

-टिभी अन्नपूर्ण