मंगलबार म्याग्दीको एक परीक्षा केन्द्रमा एक घण्टाकी सुत्केरीले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएकी छन्। २१ वर्षीय फुलमायाँ केसी बिहानैबाट सुत्केरी व्यथा लागेपछि ताकम स्वास्थ्य चौकी पुगेकी केसीले ७ बजे स्वास्थ्य चौकीमै छोरी जन्माएकी थिइन्।
केसीले परीक्षा दिन सक्ने जनाएपछि परिवार, स्वास्थ्यकर्मी र स्थानीयको सहयोगमा स्ट्रेचरमा राखेर ८ बजे नै हेम मावि सिवाङ परीक्षा केन्द्रमा पुर्याइएको थियो।
आमा र बच्चा दुवैको अवस्था सामान्य रहेपछि स्वास्थ्यकर्मीले सुत्केरी विद्यार्थी केसीलाई परीक्षामा सहभागि हुन अनुमति दिएको थियो। एसईई चलेकै बेला जन्मिएकी केसीकी छोरीको नाम प्रवेशिका राखिएको छ। उनको तौल ३ केजी छ ।










