काठमाडौं, १३ चैत- राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाललाई आचारसंहिता बनाएर नियमन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै बिडारीले यस्तो धारणा राखेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'सामाजिक सञ्जाल अहिले खुब चल्या छ, फेसबुक नचलाउने मान्छे नै छैन भन्याजस्तो भा'छ, ट्वीटरहरूमा व्यापक आइराख्या छ, भाइबर चलिराख्या छ, ह्याट्सएपजस्ता विभिन्न प्रकारका सञ्चार मिडियाको रूपमा आइराख्या छन्,' बिडारीले भने, 'यसलाई सरकारले नियन्त्रण मात्र होइन, आचारसंहिता बनाएर, कानून बनाएर, यसलाई पारदर्शी जनउत्तरदायी बनाएर अगाडि बढ्नुपर्छ, नत्र नेपाललाई यसले ठूलो नोक्सान पार्छ, अध्यक्ष महोदय !'

सामाजिक सञ्जाललाई मर्यादित बनाउनुपर्नेमा उनको जोड थियो ।

लोकान्तर बाट