काठमाडौं – रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? यस्तै घटना भयो, काठमाडौंमा । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने कसम खाएका प्रहरी नै सुनको सिक्री लुटेको आरोपमा पक्राउ परेपछि सबै आश्चर्य चकित भएका छन् ।

कुरा हो, महानगरीय प्रहरी वृत्त गौशालाको । क्युआरटीमा कार्यरत प्रहरी जवान विश्वराज कुशवाह सोमबार साँझ विदेशबाट आएका एक नेपालीले ल्याएका दुईवटा सुनको सिक्री लुटेपछि प्रहरीकै फन्दामा परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एयरपोर्टस्थित सिसिटिभी फुटेजबाट कुशवाहले सिक्री चोरेको पत्ता लागेको हो । उनलाई निलम्बन गरी थप कारबाहीको प्रक्रिया अगाडि बढेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।