सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ ।

इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इटाली सरकारले महिलाहरुका लागि तीन दिन विदा दिनेगरी तयार गरेको विधेयक दर्ता भए सँगै उक्त काम महिलामैत्री भएको भन्दै इटालीका व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले स्वागत समेत गरेका छन भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् ।

लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् । इटालीले भने त्यो भन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो ।

गत मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको उक्त बिदा सम्वन्धि विधेयक आगामी महिना पारित हुने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया लगायतका केहि मुलुकहरुले यसअघि नै आफ्ना महिला कामदारका लागि महिनावारीमा मा विदा दिदै आएका छन् ।