प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि नयाँ ढंगले सोच्न आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सरकार देशलाई नयाँ सोचका साथ अघि बढाउन लागि परेको दावी पनि गर्नु भयो ।

उहाँले तराईमा नदी कटान हुन नदिने गरी बाँध निर्माणको काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार गृहजिल्ला झापाका अगुवाहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरी प्रधानमन्त्री ओलीले सरकारले नयाँ–नयाँ प्रविधि भित्रयाएर विकास, निर्माणको कामलाई अघि बढाउने योजना पनि अघि सार्नु भयो । उहाँले कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले जमिनको अधिकतम उपयोग गर्दै विकास, निर्माणको कामलाई अघि बढाउन आधुनिक ढंगबाट अघि बढन ढिलाई गर्न नहुनेमा पनि जोड दिनु भयो ।

उहाँले कामै नलाग्ने जमिनलाई उपयोगी बनाउने प्रविधि आएको उल्लेख गर्दै त्यसबाट नेपालले पनि सिकेर अघि बढने बेला आएको स्मरण गराउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीको झापाको समग्र विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिनु भएको थियो ।

https://youtu.be/VmtfUDMpRRk

केन्द्रबिन्दु बाट