काठमाडौं । दुई वर्ष अघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नेपालमा पानी जहाज कुदाउने उद्घाष गरेका थिए । अति महत्वाकाक्षि योजना सुने पछि धेरैले बाल्टीनमा कागजको पानीडुंगा बनाएर व्यंग्य गरे । तर फेरी अहिले ओली प्रधानमन्त्री छन् । त्यसबेलाका योजनालाई अव जसरी पनि पुरा गर्ने तयारीमा लागी परो छन् ।

यसरी आउँछ रेल भन्दा पहिले पानीजहाज पहिले

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष नेपालको पानी जहाजको उद्घाटन गर्ने दावी गरेका छन्। बालुवाटारमा युवा परिषद्का पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले रेलको उद्घाटन कहिले गर्ने भन्न नसके पनि नेपालको पानी जहाजको उद्घाटन भने सन् २०१९ मै गर्ने बताए।

‘नेपालमा रेल ल्याउने कुरामा तपाईलाई शंका छ,’ प्रधानमन्त्री ओलीले भने, ‘रेलको उद्घाटन कहिले गर्ने अहिले भन्न सक्दिनँ। यो २०१८ हो। २०१९ मा म पानी जहाजको उद्घाटन गर्छु,’ उनले कारण खुलाउँदै अगाडि भने, ‘किन भन्दा पानी जहाजको लागि बाटो चाहिँदैन। रेलको लागि बाटो चाहिन्छ।’

प्रधानमन्त्रीले पानी जहाज यात्रुवाहक हुने कि मालवाहक हुने भन्ने कुरा भने खुलाएनन्।

प्रधानमन्त्रीले रेल कहिले उद्घाटन गर्ने भन्नेबारे अनभिज्ञता जनाए पनि अबको सात महिनामा उनले जनकपुर(जयनगर रेल उद्घाटन गर्न सक्ने संकेत देखिएको छ। पढ्नुस्( ओलीको रेल सपना सात महिनामै पूरा हुने संकेत, नेपालमा रेल गुडाउन भारतले डब्बा र इन्जिन पनि दिने

यसअघि प्रधानमन्त्री ओलीले दुई वर्षमा रेलको उद्घाटन गर्ने बताएका थिए। दुई वर्षअघि प्रधानमन्त्री हुँदा ओलीले रेल, समुन्द्रमा नेपाली झण्डासहितको पानीजहाज चलाउनेमात्र हैन दुई वर्षभित्रै नेपालमै उत्पादन हुने पेट्रोल प्रयोग गर्ने घोषणा गरेका थिए।

युवाहरुलाई सरकारको बजेट तथा कार्यक्रममा भर नपर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले युवाहरु रचनात्मक र सिर्जनात्मक हुनु पर्नेमा जोड दिए। ‘म के गर्न सक्छु सोच्नुहोस्। समय, धन सम्पति, जमिन हावा पानी हरेक चिजको सदुपयोग गर्नुहोस,’ उनले भने, ‘तपाईहरुको उमेर मैले पाउने हो भने के के घोषणा गरिन्छ। मैले पाउँदिन।’

उनले सोफिया रोबोटको पनि चर्चा गर्दै भने, ‘अस्ति नेपालमा आएकी सोफिया पनि मानव मस्तिष्कको उपज हो। मानिसले अनौठो खेलौना बनाउने रहेछ।’ छलफल बाट साभार