काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले विप्लवको नाममा पक्राउ पुर्जी जारी गरेको केही समयमा विप्लवले सत्तापक्षका प्रमुख नेताको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
‘जनअदालत’ नाम गरिएको विप्लवले ओली र प्रचण्डको नाममा वेग्लाबेग्लै पक्राउ पुर्जी जारी गरेको हो । ओली र प्रचण्डको नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन वारेन्ट जारी गरेको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको नेकपाले दाबी गरेको छ।
रोल्पामा रहेको ‘जनअदालत’ का प्रकाशको नामबाट जारी गरि वारेन्ट पत्रमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ । वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार कारवाही हुने चेतावनी समेत दिइएको छ।

केन्द्रबिन्दु डट कम बाट साभार










