दमक झापाको दमकमा आज विहान सवारी दूर्घटनामा परेर १ जनाको ज्यान गएको छ । दमक १ मा ट्रिपरले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक कुलदीप ढुंगेलको ज्यान गएको हो ।
लुअअथा ६४९ नम्बरको ट्रिपरले मे ८ प ६४७ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । घाइते ढुंगेलको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।










