एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीकै संलग्नता रहेको खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई प्रक्राउ गरेको छ । एसईई परीक्षा दिन डेरामा बसेकी पञ्चपुरी नगरपालिका–३, चौर घर भएकी रोकाया मंगलबार डेरामा मृत अबस्थामा फेला परेकी थिईन् । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो ।

यसरी भयो हत्या

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका ८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई केटी मिलाउन आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा भनेका छन् ।

गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएका थिए । उनीहरुलाई त्यहाँ छाडेर बास्तोला भने नजिकैको गाउँमा भोजमा गएका थिए। प्रहरीका अनुसार कोठामा यौन सम्बन्ध बनाउन नसकिने निष्कर्षमा पुगेपछि उनिहरु जंगल तर्फ गएका थिए । जंगलमा मदिरा सेवन गरेर फर्कर्ने क्रममा मोटरसाइकलबाट खसेर युवती घाइते भएकी थिइन् । मदिराले लठ्ठ भएका कोइरालाले घाइते युवतीलाई अस्पताल नलगेर उसकै डेरामा ल्याएर सुताएको खुल्न आयो,’ जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले भने, युवतीको मृत्यु राति अन्दाजी एक बजेपछि भएको देखिन्छ ।’

पञ्चपुरी नपा ३ चौरकी १८ वर्षीया गोरीकला मंगलबार बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेकी छात्रा रोकायले एसईईका लागि बाबियाचौरमा डेरा लिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा सात जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत् अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ ।जनताटाइम्स