संसारमा दाजु–बहिनीको जस्तो पवित्र नाता सायदै होला । हाम्रो नेपाली समाजमा झन् दाजु–बहिनीको सम्बन्धलाई निकै पवित्रताका साथ हेरिन्छ । चाहे त्यो रक्षाबन्ध होस्, चाहे भाइटीका, दाजु–बहिनीको आपसी सम्बन्धलाई प्रतित गर्ने पर्व हुन् यी ।दिदीबहिनीले आफ्ना दाजुभाईको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पुज्ने गर्छन् । तर, आफ्नै दाजुले बहिनीमाथि कुदृष्टि राख्दा के होला ? गुल्मीमा सोच्नै नसकिने घटना भएको छ । आफ्नै सहोदर दाईबाट एक किशोरी बलात्कृत भएकी छन् ।

बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि उनका माइला दाजुले गएको १२ गते दिउँसो ३ वजेर १५ मिनेटमा बलात्कार गरेको आराप लागेको छ । दाजुको उमेर २८ बर्ष छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडितले चैत्र १२ गते अगाडि पनि दाजुले गलत मनसाय राख्ने गरेको बताएकी छिन् । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।

तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् । घरमा जाँदा कोही नभएको मौका पारी दाजुले बलात्कार गरेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताएका छन् । आफ्नो लामो प्रहरी सेवा अवधीमा यो यस्तो लज्जित घटना पहिलो भएको द्विवेदीले बताए ।

जिल्ला अस्पतालका डा.सुरेन्द रायमाझी किशोरी दुई पटक बेहोस भएको र उनको शरिरमा दातले टोकोको चोट देखिएको बताएका छन् । अस्पतालमा प्रारम्भिक जाँच पछि बलात्कार भए नभएको थप जाँचका लागि किशोरीलाई काठमाडौं ल्याइदैछ ।

-दैनिकनेपाल बाट साभार