दमक÷ नेपाल संस्थागत विद्यालय विद्यालय शिक्षक यूनियन ( इष्टु ) झापाले आफनो पेशागत माग सम्बोधन नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । इष्टुले प्याव्सन झापालाई विभिन्न १० वुँदे आफना पेशागत हकहितका माग राख्दै माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने कडा चेतावनी दिएको हो । दमकस्थित प्याव्सन क्षेत्रीय कार्यालयमा शनिवार एक कार्यक्रम गरि इष्टुले सो माग प्याव्सनलाई बुझाएको छ ।
इष्टुका जिल्ला अध्यक्ष होमराज खतिवडाले विभिन्न मागहरु समेटिएका ज्ञापन पत्र प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोख्रेललाई हस्तान्तरण गदै माग सम्बोधन गर्न आग्रह गरिएको बताए । इष्टुले बुझाएको ध्यानाकर्षण पत्रमा माग सुनुवाई नभए पौष २३ गते र २४ गते जिल्लास्थित प्याव्सन कार्यालयमा धर्ना दिने तथा माघको पहिलो साता प्याव्सन र एनप्याव्सनको कार्यालयमा तालाबन्दी गरिने जनाईएको छ । माग पत्रमा इष्टुले विगतमा भएका सहमती पूर्ण रुपमा लागू गर्न उल्लेख छ । त्यसैगरि सरकारले बृद्धि गरेको २५ प्रतिशत तलव बृद्धि दिन तथा दशै खर्च अनिवार्य रुपले कार्यरत शिक्षकहरुलाई उपलब्ध गराउन पर्ने जनाईएको छ । त्यस्तै विद्यालयले दिने बार्षिक विदामा भेदभाव नगर्न माग उल्लेख छ ।
कार्यक्रममा इष्टुले बुझाएको मागपत्र बुझदै प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष पोख्रेल, जिल्ला सचिव गौरीमान फागोले इष्टुले उठाएको माग पूरा गराउन प्याव्सन जिल्ला नेतृत्व गंभीर भएको बताएका थिए । सो कार्यक्रमा प्याव्सन झापाका उपाध्यक्ष चन्द्रप्रकाश राई , जिल्ला सहसचिव जनार्दन ढकाल, जिल्ला सदस्य सन्तोष दाहाल, क्षेत्रीय संयोजक जनार्दन मैनाली, इष्टुका केन्द्रीय सदस्यद्धय विकास उप्रेती,बमलकृष्ण दाहाललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah