विष्णुप्रसाद पोखरेल दमक/झापाको दमक नगरपालिकामा धार्मिक अनुष्ठान लगायतका बिभिन्न कार्यक्रमहरुले बालबालिका तथा बिद्यार्थीहरुको पढाइमा गम्भिर असर परेको भन्दै नगर बाल सञ्जालले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको ध्यानकर्षण गराएपछि नगरपालिकाले चासो दिएको छ ।
क्लवका अध्यक्ष प्रजेश खनालले हस्ताक्षर गरेर नगरप्रमुख ओलीको ध्यानकर्षण गराएृका थिए भने तोकआदेश पछि उक्त ध्यानकर्षण पत्र आवश्यक कार्वाहीका लागि सामाजिक शाखामा पुगेको छ ।
स्थानीय सरकार दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीले ध्वनी प्रदुषण रोक्नका लागि नगरपालिकाले आवश्यक कदम चाल्न शुरु गरिसकेको छ । उहाका अनुसार टोल बिकास संस्थाहरु मार्फत टोलमा नै यस्तो गतिबिधि रोकिने छ ।
मेयर ओलीले टोल बिकास संस्थाहरुलाइ नगर पालिकाले लिखित रुपमा यस बिषयमा निर्देशन दिने छ । सार्वजनिक सूचना गरिने त्यो पछि अनुगमन समेत गरिने उनले बताए ।











