न्याय सेवा आयोगले जिल्ला न्यायधीश पदको अन्तिम नतिजा प्रकाशन गरेको छ। जिल्ला न्यायधीश पदमा मागभन्दा थोरै मात्र उत्तिर्ण भएका छन्।

आयोगका अनुसार जिल्ला न्यायधीश पदमा सफल हुनेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोर प्रसाद यादब, कमला पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बश्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलिपराज पन्त, बिश्वनाथ भट्टराई र रोमनाथ अधिकारी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोगले पहिलोपटक खुल्ला प्रतिस्र्पाबाट जिल्ला न्यायधीश छानेको हो। लिखित परिक्षा न्याय सेवाका कर्मचारीले मात्र नाम निकालेका छन्। समाबेशी कोटाका धेरै पदमा लिखित परिक्षामा मागभन्दा थोरै मात्र उम्मेदवार सफल भएको आयोगले जनाएको छ।

-नेपाल लाइभ बाट