सीमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीकै मिलेमतोमा नेपालबाट गाई भरत तर्फ तस्करी भएको खुलासा भएको छ । नियमन गर्ने निकाय प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर भारतीय तस्करले झापाबाट राष्ट्रिय जनावार गाईको अवैध तस्करी गर्ने गरेको खुलेको हो । टिभिअन्नपूर्ण अनलाइनले लेखेको छ ।
सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई प्रति गोटा नेपाली १० र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भारतीय १० रुपैयाँ दिएपछि नेपालबाट जति पनि गाई निकासी गर्न पाईने तस्कर स्वयमले व्यबस्था मिलाएका छन् ।
नेपालबाट मासुका लागि गाईको निकासी प्रतिबन्ध छ। तर, प्रहरीलाई नगदले प्रभावमा पार्दै गाईको निकासी गर्ने गरेको पाइएको हो। गाई बाहेकका चौपाया निकासीका लागि सरकारले झापाका दुईवटा नाकालाई अख्तियारी दिएको छ। काकडभिट्टा नाका र भद्रपुर नाकाबाट गाई बाहेकका चौपाया निकासी गर्न पाइने कानूनी प्रावधान छ। ती बाहेकका नाकाबाट चौपाया निकासी गर्न नपाइने मेची भन्सार कार्यालयले जनाएको छ ।
दिउँसो नाका सुनसान भएपनि रातमा भने भारतीय तस्करले एसएसबीलाई भारु १० दिएपछि जतिपनि गाई गोरु लैजान सकिने भारतीय तस्कर बताउँछन् ।
‘भारतबाट नेपाल आयात गर्न र नेपालबाट भारत निर्यात गर्न गाईको कानूनी जटिलता छ तर तस्करले मिलेमतोमा यस्तो अवैध धन्दा चलाइरहेका छन्। समाचार स्रोतका अनुसार पशुबजारबाटै सेटिङ सुरू हुन्छ। गाईलाई गाई नलेखेर चौपायामा दर्ज गरिन्छ। गाईलाई चौपाया लेख्नु नै तस्करसँगको मिलेमतो हो भन्ने प्रस्ट हुन्छ।’










