नेपाली कांग्रेसका युवा नेता गगन थापाले सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिकाटिप्पणीप्रति फेसबुक लाईभमार्फत सामाजिक सदभाव कायम राख्न सबैसँग अपिल गर्नुभएको छ । उहाँले सामाजिक सदभाव कायम गर्दै अगाडि बढ्न अपिल गर्दै नेता थापाले पछिल्लो समय गाईको विषयमा गरिएको प्रचार सामाजिक सञ्जालमा छलफल र बहसको विषयम बन्न दिन नहुने बताउनुभयो ।
उहाँले नेपालको आन्तरिक विषयमा कसैलाई पनि बोल्ने अधिकार नभएको बताउँदै कुनै पनि घटना घटेपछि प्रतिक्रिया दिने मात्र नभई घटना नदोहोरिने गरि सहजकता अपनाउनुपर्नेमा जोड दिनुभयो । थापाले आफनो फेसबुकमार्फत राख्नुभएको विचार भिडियोमा :










