दमक/दमकका पुराना ब्यवसायी रमेश मगरलाइ मातृशोक परेको छ । होटल सृजना दमकका संचालक मगरकी आमा जगमाया मगरको गयराती निधन भएको हो ।

८३ बर्षको उमेरमा बुधबार राती १० बजे आफ्नै निवासमा निधन भएको जनाईएको छ । आज १२ बजे कमल ५ को साबित्रा चोकको उत्तर जङलमा अन्त्यस्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।