दमक/ट्रिपरको ठक्करबाट झापाको दमकमा बुधवार मृत्यु हुने मोटरसाइकल चालक कुलदिप ढुङ्गेल शिक्षक रहेको पाईएको छ । दमक नगरपालिका– ९ का ५४ बर्षिय ढुङ्गेल ट्रिपरको ठक्करबाट घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार विहान ११ बजे तिर दमक–१ स्थित देवान चौकमा पश्चिमबाट उत्तर तर्फ जादै गरेको लु अ ख ६४९ नम्बरको ट्रिपरले मे ८ प ६४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दूर्घटनामा गम्भिर घाइते भएका ढुङ्गेलको उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट गंभीर घाइते भएका ढगेलको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनि शहिद रत्न प्राबि कमल ५ साविक लखनपुर १ सिम्लेमा अध्यापन गराउदै आएका थिए ।










