दमक/ समाजमा बलात्कारका घटनाहरु बढ्दै गएपछि यस बिरुद्ध झापाको दमकमा युवा तथा बालबालिकाहरु सडकमा उत्रने भएकाछन् । दमक पब्किल लाइब्रेरी, युथ नेटवर्क दमक लगायतका संघसंस्थाहरुको समन्वयमा आज बिहिबार दमक र आसपासका युवाहरु सडकमा उत्रन लागेका हुन् ।

र्याली सहित साहित्यिक कार्यक्रम रहेको दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताए । उनका अनुसार बलात्कार बिरुद्ध यो राष्ट्रिय अभियानको शुरुवात भएको पनि जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक युथ नेटवर्कका संयोजक सन्तोष दूलालले सबै युवाहरुलाइ सहभागिताका लागि आग्रह गरेकाछन् । यस्ता जघन्य अपराध न्यूनिकरणमा अब दबाब मूलक कार्यक्रम गरिने उनले बताए ।

यसैबीच बलात्कार एकपछि अर्का घटनाहरु सार्वजनिक हुनथालेपछि बलात्कारी बिरुद्ध कडा कानून ल्याउनु पर्ने माग उठ्न थालेको छ । मृत्युदण्ड सजाय दिनु पर्ने भन्दै सामाजिक सञ्जालमा दबाब अभियान समेत शुरु भएको पाइएको छ ।