विष्णुप्रसाद पोखरेल
दमक । जिल्ला समन्वय समिति झापाले स्थानीय तह अनुगमन गरेको छ । सम्भवतः देशभरमा पहिलो यस्तो जिल्ला समन्वय समिति हो जसले आफ्नो जिल्लामा रहेका सबै स्थानीय तहरुको अनुगमन गरेको छ । यि लगायतका सन्दर्भमा जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलसंग गरिएको कुराकानी

जिल्ला समन्वय समिति झापाले के गर्दैछ ?

संबैधानिक तथा कानुनी जिम्मेवारी बमोजिमको काममा नै केन्द्रीत रहेर काम गरिरहेको छ । जस अनुसार जिल्ला भित्रका १५ वटै गाउपालिका तथा नगरपालिकाको अनुगमन गरि सकेका छौ । हामीले अनुगमनलाई अन्तरक्रियात्मक बनाएका छौ । सन २०१७ भित्र नेपाललाई खुल्ला दिशा मुक्त बनाउने नेपाल सरकारको लक्ष्य थियो । हामीले झापालाई २०१६ भित्रै लक्ष्य पुरा गर्ने प्रतिबद्धता गरेका थियौ तर हामीले २०१७ भित्रपनि पुरा गर्न सकेनौ । हामी निर्वाचित हुदै गर्दा झापामा ४० हजार बढी परिवारको घरमा सौचालय थिएन । यसविचमा चार्डपर्व, आमनिर्वाचन लगायतका कारण अपेक्षीत सफलता पुरा गर्न सकेका छैन । अहिले हामीले त्यो संख्या १९ हजारको हाराहारीमा पुर्याएका छौ । २०७४ सालको चैत्र २२ भित्र हामी झापालाई खुल्ला दिशा मुक्त जिल्ला बनाउने गरि काम गरिरहेका छौ ।

गाउपालिका नगरपालिकाको अनुगमनको कुरा गर्नु भएको छ के का लागि यो अनुगमन गर्नु भएको हो ?

हामी जिल्ला सभाको तयारी कै चरणमा छौ । जिल्ला सभाले जिल्ला भित्रका पालिकाहरुको व्यवस्थित परिचालनका लागि के कस्ता नीति र कार्यक्रम तय गर्नु पर्छ भन्ने अध्ययन गर्ने नै मुल उद्देश्य हो । त्यो उद्देश्य पुरा गर्न हामीले ५ किसीमको सुचना मा केन्द्रीय भएर छलफल गरेका छौ । पहिलो, पालिकाहरुको अहिलेको अवस्था के छ ? भन्ने बिषय हो । त्यसमा जनशक्तिको अवस्था, कार्यालयको भौतिक पुर्वाधारको अवस्था, आन्तरिक आयको अवस्था र बजेटको अवस्था, आवश्यक कानुनको निर्माणको अवस्था र जनप्रतिनिधीहरुको अवस्थाको बारेमा अध्ययन गर्ने । दोश्रो, पालिकाहरुले काम कसरी सञ्चालन गरिरहेका छन ? भन्ने बिषय हो । तेश्रो, पालिकाले अन्य पालिका भन्दा केही नयाँ र नमुना काम केही गरेको छ की ? वा पालिकामा कुनै नयाँ किसिमको सम्भावना छ की ? भन्ने बिषयको अध्ययन गर्नु थियो । त्यसरी नै चौथो बिषय भनेको आज हाम्रा पालिकाहरुले भोगिरहेका समस्याको बारेमा अध्ययन गर्नु थियो भने पाँचौ जिल्ला समन्वय समितिले पालिकाको सुसञ्चालनमा कस्तो प्रकारको सहजीकरण वा समन्वय आवश्यक छ भन्ने बारेमा अध्ययन गर्नु रहेको थियो ।

के पाउनु भयो त ?

समग्र अध्ययनको प्रतिवेदन बनिरहेको छ । सो प्रतिवेदन बनेपछि जिल्ला समन्वय समितिमा पेश हुन्छ र समन्वय समिति मार्फत जिल्ला सभामा पेश गछौ । त्यसले समग्र बिषयमा बताउने छ । तर प्रारम्भीक रुपमा भन्न सकिन्छ की पालिकालाई आवश्यक पर्ने कर्मचारी जनशक्तिको चरम अभाव बेहोरिरहेको अवस्था छ ,। नयाँ व्यवस्था भएको हुँदा कुनै कानुन बनाउन स्थानीय सभाले सकेको छैन । जस्का कारण अघि बढ्न कठिन भईरहेको छ । केही अन्यौलता रहेको छ, नयाँ व्यवस्था भएकोले पर्याप्त तालिमको अभाव देखिएको छ । समग्र विकासको योजना हैन टालटुले योजनामा केन्द्रीत छ बजेट । नीति, कार्यक्रम, योजना र बजेटको जुन सिलसिला मिल्नु पर्ने त्यस्तो छैन । नीति, कार्यक्रम र योजना विना बजेट मात्रै व्यवस्था गरिएको छ वा बजेट छैन नीति र कार्यक्रममा अघि सारिएको छ । यी केही अप्ठयारा वा समस्याका विषय भए भने गाऊ नगर प्रोफायल तयार गर्ने, आवधिक योजना निर्माण गर्ने, कतिपय बिषयगत क्षेत्रको गुरुयोजना बनाउने तयारी र पुर्वाधार विकासको मापदण्ड निर्माण गरि कार्यान्वयन गर्ने काम, पुर्वाधार विकासमा लहर ल्याउने लगायतका केही महत्वपुर्ण काम भएको पाईएको छ ।

निर्वाचित भइसकेपछि के चुनौती देख्नु भयो ?

म निर्वाचित हुदै गर्दा झापा जिल्ला बाढीले आक्रान्त थियो । हामीसँग डेड दर्जन खोलाहरु छन जस्का कारण बर्षायाममा बढीबाट सास्ती बेहोर्नु पर्छ । झापाको अहिले पनि प्रमुख चुनौतीको रुपमा नदीको नियन्त्रण रहेको छ । दोश्रो योजनाबद्ध पुर्वाधारको विकास हो । जतिवेला जहा जे बनाउने मन लाग्यो त्यतीवेला त्यहाँ त्यो संरचना बनाउने हाम्रा आदत छ । त्यसलाई योजनाबद्ध पुर्वाधारको विकासको लिखमा हिडाउनु चुनौती छ । तेश्रो, पुर्वाधार निर्माणको काम समयमा सम्पन्न नहुने सम्पन्न भएका आयोजनाहरुपनि गुणस्तरिय नहुने अर्को चुनौती हामीसँग छ । अब हामीले निर्माण गर्ने सबै पुर्वाधारहरु समयमा नै गुणस्तरिय बनाउनु पर्छ । चौथो, हाम्रो स्थानीय राजनीतिक नेतृत्वको बुझाइमा पुर्वाधारको निर्माण नै विकास हो र विकास भनेकै पुर्वाधारको निर्माण मात्र हो भन्न भ्रम छ । रोग, भोकबाट नागरिक आक्रान्त छन । गरिवी हटाउने, शिक्षीत बनाउने, स्वस्थ्य नागरिक बनाउने, सबै खाले छुवाछूत र भेदभाव हटाउने, सबै खाले कुसंस्कार हटाउने कामलाई विकास नठान्ने प्रवृती हावी छ त्यसलाई हटाएर बिकासको प्रतिफल गरिव जनतालाई दिलाउनु र लोकतन्त्र गरिवको झुपडीमा पुर्याउनु आजको चुनौती छ । त्यसरी नै पाँचौ, अहिले हामी नयाँ व्यवस्थामा गएका छौ, राज्यको उपल्लो संरचनाबाट सम्पन्न हुने काम हामीले अव स्थानीय तहबाटै सम्पन्न गर्नु छ । तर हामीमा रहेको ज्ञान, सीप र क्षमताको अभाव, जनशक्तिको अभावका कारण ती जिम्मेवारीहरु बहन गर्न कठिनाई हुने अवस्था छ । त्यो अवस्थालाई अन्त्य गर्न स्थानीय तहहरुलाई क्षमता सम्पन्न बनाउनु पर्ने अर्को महत्वपुर्ण चुनौती हामी सामु रहेको छ । समग्रमा समृद्ध झापा र सुखी झापाली बनाउने चुनौतीपुर्ण जिम्मेवारी छ ।

परिवर्तित अवस्थामा काम गर्न कत्तिको सहज रहेको छ ?

स्वाभाविक रुपमा काम गर्न असहज छ नै । जिल्ला समन्वय समिति आजको कानुनी व्यवस्थाका आधारमा कार्यान्वयन गर्ने निकाय हैन । समन्वय, सहजीकरण गर्ने निकाय हो । अनुगमन तथा समन्वय गर्न आवश्यक जनशक्ति चाहिन्छ त्यो जनशक्ति परिचालन श्रोत चाहिन्छ त्यो श्रोतको व्यवस्थापन प्रदेश तथा संघीय सरकारले कसरी गरिदिन्छ र हामीले आफै कसरी श्रोत परिचालन गर्न सक्छौ त्यसको अन्यौलताले केही असहजता रहेको छ ।

जिल्ला समन्वय समितिले यो अवधिमा के के काम गर्यो ?

हामीसँग श्रोतको अभाव छ । जिल्ला समन्वय समितिमा कति र कसरी बजेट आउने हो कुनै टुगो छैन । अहिले प्रशासनिक खर्चको रुपमा केही रकम उपलब्ध भएको छ । हामीसँग जिविस रहदा नै केही रकम कोषमा रहेको रहेछ । त्यही रकमबाट बाढीबाट भएको कटान रोक्न र नदीजन्य पदार्थ उत्खनन गर्दा हुनसक्ने क्षती न्युनीकरण गर्न केही संख्यामा जालीहरु गाऊपालिका र नगरपालिकाहरुलाई उपलब्ध गराउने काम गरेका छौ । अघि नै पनि भनिसके की सबै गाऊपालिका र नगरपालिकाहरुको अन्तरक्रियात्मक अनुगमन गरिसकेका छौ । यस बिचमा विगतमा जिविस वा जिससबाट ठेक्का लागेर निर्माणधिन रहेका र नेपाल सरकारका विभिन्न मन्त्रालय वा विभाग र निकायबाट निर्माणधिन आयोजनाहरुको समयमा नै कार्यसम्पन्न गराउन तथा गुणस्तरिय निर्माणकालागि अनुगमन गर्ने , विभिन्न विषयहरुमा गाऊपालिका नगर पालिकाका जनप्रतिनिधीहरुसँग विभिन्न निकायहरुसँगको समन्वयमा छलफल अन्तरक्रिया सञ्चालन गर्ने, जनप्रतिनिधीहरुलाई प्रशिक्षीत गर्ने लगायतका काम गरिरहेका छौ । जिल्ला सभाको तयारीका लागि विभिन्न विषयका बिज्ञहरु, राजनीतिक दलहरु, पुर्व जनप्रतिनिधीहरु, विभिन्न समुदायका अगुवाहरुसँग छलफल गरिरहेका छौ ।

जिल्लाका स्थानीय तहहरुसंग कसरी समन्वय भइरहेको छ ?

कुनै गाऊ तथा नगरले कुनै पनि बिषयमा आवश्यक समन्वयको माग गरेमा त्यस अनुसारको समन्वय र सहयोग गरिरहेका छौ । विभिन्न निकायले सञ्चालन गरेका पुर्वाधार निर्माणका काम समयमा नै सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गरिरहेका छौ । जिल्ला भित्रका पालिकाहरुलाई आवश्यक पर्ने ऐन र नियम तथा निर्देशिका र कार्यविधीहरुलाई एकरुपता ल्याउन आवश्यक छलफल गर्ने लगायतका काम गर्ने तयारी गरिरहेका छौ ।

झापा जिल्लालाइ ५ बर्षमा कस्तो बनाउनु हुन्छ ?

झापालाई हामी समृद्ध र समुन्नत झापा र सुखी झापाली बनाउने हाम्रो योजना हो । त्यो योजना पुरा गर्न जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक समन्वय, सहजीकरण, मार्गनिर्देशन र अगुवाई गर्ने छौ ।

के छन् यहाँका यसका लागि योजना ?
ती योजना के के हुने भन्ने हामीले जिल्लाको आवधीक योजना र विभिन्न बिषयका गुरुयोजनाहरु तयार गरेर अघि सार्ने छौ । तर आजै भन्नु पर्दा हामीले झापामा पहिलो, खोलाहरुको तठबन्धन हो जुन कामबाट बर्षायाममा हुने जनधनको क्षती रोक्न सकिन्छ र त्यसबाट जग्गाहरु उकास गरेर हजारौ विगा जमिन निकाल्न सकिन्छ । ती उकास भएको क्षेत्रमा विभिन्न उधोग धन्दा कलकारखाना चलाउन सकिन्छ वा फलफुलको खेती गरेर थप जैविक बाध र आय आर्जन गर्न पनि सकिन्छ ।

दोश्रो, सिचाईलाई प्राथमिकता दिने गरि कन्काई बहुद्देशीय आयोजनाका लागि पहल गरिने छ र सो आयोजनाको अध्ययनका लागि एउटा प्राविधीक टोलीले अहिले काम पनि गरिरहेको छ । तर त्यसलाई हामीले सिचाईलाई प्राथमिकता दिने गरि अध्ययन गराउन पहल गर्नु पर्छ । त्यसको बिस्तृत कार्यान्वयनका लागि पहल थाल्ने छौ ।

तेश्रो कृषीलाई प्रविधीयुक्त र व्यवसायीक बनाईने छ । झापा कृषीका लागि उर्वरभूमी हो । यहाँ धानको सुपरजोन कार्यान्वयनमा रहेको छ । हामी धान हुने ठाउमा धानको व्यवसायीक खेती र नहुने ठाउमा अन्य खेती, पसुपालन, माछापालन लगायतका क्षेत्रहरु तय गर्ने छौ । झापामा सुपारी, चिया, रबर सनपाट खेतीको प्रचुर सम्भावना रहेको छ । सके सम्म एक गाऊ वा नगर एक उत्पादनको नीति लिई प्रभावकारी कार्यान्वयन गर्ने छौ ।

चौथो, पर्यटनको विकास गरिने छ । झापामा ऐतिहासिक भुमी, विरभुमी, रमणीय भुमी, धार्मिक तथा पवित्र भुमीहरु प्रसस्तै छन ती सवै भुमीहरुमा व्यवस्थीत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ । त्यसरी नै झापामा मात्र पाईने विभिन्न भाषा संस्कार र संस्कृतीका नागरिकहरु भ्mापामा बसोबास गर्नु हुन्छ । ती जाती भाषा, संस्कार र संस्कृतिलाई हामीले पर्यटकीय रुपमा विकास गर्न सक्छौ । पाँचौ, दिगो र गुणस्तरिय पुर्वाधारको विकास गरिने छ ।

समथर भुमी र पुर्वाधारका लागि आवश्यक कच्चा पदार्थ आफ्नै जिल्लामा पाईने हुँदा तुलनात्मक रुपमा सस्तो मुल्यमा हामीले पुर्वाधारको निर्माण गर्न सक्छौ । ती पुर्वाधारहरुलाई दिगो र गुणस्तरिय बनाउने कुरामा यथेस्ट ध्यान दिईने छ । छैटौ, हामीलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादनमा ध्यान दिईने छ । र सातौ, जिल्ला भित्र रहेका विभिन्न खाले कुरिती कुसंस्कार र विभेद व्यप्त छ । नागरिक तहमा सचेतनाको विकास गरि ती कुरिती, कुसंस्कार र विभेद अन्त्य गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छ ।

निर्वाचित भएपछि जिल्लाको समग्र बिकास र बिभिन्न क्षेत्रसंग सम्बन्धित गुरुयोजना बनाउने भन्नु भएको थियो, कहाँ पुग्यो यसको काम ?

सबै पालिकाहरुको अवस्थाको अध्ययन गरेर प्रोफायल तयार गर्ने र त्यसको आधारमा जिल्लाको प्रोफायल तयार पार्ने छौ । जिल्ला प्रोफायलको सुचकलाई आधार मानेर जिल्लाको समग्र आवधीक योजना निर्माण गर्ने छौ । त्यो आवधीक योजना अनुसार गाउपालिका र नगरपालिकाले गर्ने काम के के हुन त्यस अनुसार जिम्मेवारी छुट्याए पछि वाकी काम सम्पन्न गर्न प्रदेश सरकार र संघीय सरकारसँग योजना कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने छौ । त्यसरी नै हामीले जिल्लाको सडक गुरुयोजनालाई आध्यावधी गर्नु छ । पर्यटन, कृषीको गुरु योजना बनाउनु छ । यी गुरुयोजनाहरु गउपालिका र नगरपालिकाहरुसँगको समन्वयमा हामी तयार गर्ने छौ । त्यो काम आगामी जिल्ला सभा लगतै पछिवाट सुरु गर्ने छौ ।

सामाजिक सञ्जाल फेसबकुमा लाइभ आउन थाल्नु भएको छ, कस्तो प्रभाव पर्दो रहेछ ?

जिल्ला समन्वय समितिको प्रमुखको जिम्मेवारी प्राप्त गरेको लामो समयपछि मैले फेसबुकमा आईभ आउने काम थालेको छु । जस्ले फेसबुकमा रहनु भएका साथीहरुलाई जिसस र स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा सुचना प्रदान भएको छ । फेसबुक लाईभलाई आधार बनाएर कतिपय सञ्चार माध्यम र सञ्चारकर्मी साथीहरुले समाचार बनाएर प्रशारण प्रकासन गर्नु भएको छ । सञ्चारकर्मी साथीहरुलाई बिषेश धन्यवाद समेत दिन चाहन्छु । भेटघाटको क्रममा र फेसबुक मेसेन्जरमा तथा कमेन्ट बक्समा साथीहरुले विभिन्न जिज्ञासा राख्नु भएको छ । सुझाब दिनु भएरको छ । समग्रमा सकारात्मक प्रभाव पारेकोे छ । त्यसलाई अझै व्यवस्थित बनाउने योजनामा रहेको छु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah