धादिङ । जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा बाख्राले मान्छेजस्तै पाठो जन्माएको छ ।स्थानीय कृषकले पालेको बाख्राले चार खुट्टासहित मान्छेजस्तै देखिने पाठो जन्माएको हो ।

जिउँदै जन्मेको उक्त पाठो केही समयपछि मरेको थियो । मरेको पाठो हेर्न स्थानीयको भिड लागेको स्थानीय सुमन घलेले जानकारी दिए ।बाख्राको पाठोको चार खुट्टा र शरीरभरी रौं हुन्छन् । तर, मान्छेको जस्तै आकृति भएको पाठोको छाला मानिसको बच्चाको जस्दै देखिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शरीरमा रौं छैनन् । तस्वीरः सुमन घले/धादिङपोस्ट