मोरङको उर्लाबारी र बेलबारीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–बरडंगा सडक खण्डको उर्लाबारी नगरपालिका ८ मा ना ४ ख ८३५७ नम्बरको ट्रकको ठक्करबाट मे ९ प ७६१७ नम्बरको मोटरसाइल चालकको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकले विपरीत दिशाको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई ४ झुर्कियाका २५ बर्षीय सन्तोष ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार विर्तामोड ८ का सन्तोष राजवंशी घाइते भएका छन् । उनको उर्लाबारीमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन्दरहरैँचा नगरपालिका-५ स्थित डिपु–केराबारी सडक खण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । को २ त ४३४२ नम्बरको ट्याक्टरबाट लडेर बेलाबारी नगरपालिका ६ बाहुनीका २० बर्षीय सन्तोष ऋषिदेवको मृत्यु भएको हो ।

कान्तिपुर दैनिक बाट